• २५ पुस २०८२, शुक्रबार

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा छ : सभापति लामिछाने

blog

चितवनको भरतपुरस्थित रास्वपा पार्टी कार्यालयमा नेता तथा कार्यकर्ता भेटघाटमा मन्तव्य राख्नु हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने । तस्बिर: सनद अधिकारी/रासस

नारायणगढ, पुस २४ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिनु भएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताउनु भएको छ। 

आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भन्नु भयो, “उहाँसँग सरकारमै रहनु भएको समयमा हामीले सहमति गरेका थियौंँ। अब उहाँले राजीनामा दिएर आउनु भएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ।” 

केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबिच सहमति भएको थियो। सो सहमतिअनुसार कुलमान घिसिङलाई उपसभापतिसहित दोस्रो वरियतामा राख्ने निर्णय भएको थियो।