• २४ पुस २०८२, बिहिबार

सङ्घीयताले बदलियो आँधीखोला

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, पुस २२ गते । केही वर्षअघिसम्म सडक, पूर्वाधार, स्वास्थ्य शिक्षामा पछाडि रहेको स्याङ्जाको आँधीखोला गाउँपालिकाले पछिल्ला दिनमा भने विकासमा महत्वपूर्ण फड्को मारेको छ । 

यहाँको सेपत देउराली सडक छ करोड २५ लाख रुपियाँमा कालोपत्रे भएको छ । पालिका, प्रदेश सरकार र सङ्घीय सरकारको लगानीमा यहाँको हरके टोल टोलको सडक कालोपत्रे भएको छ । 

पालिकाले बरपिपले, झारखोला, फूलबारी पुवाडाँडा, जरेखोला, वावडे, जुग्ने गवनपानी, फूलबारी सडक गरेर १७ किमी कालोपत्रे गरेको हो । त्यसै गरी प्रदेश सरकारमार्फत पूर्वाधार विकास कार्यालयले नागडाँडा, कार्कीनेटा र पुतलीखेत सडक गरेर कुल २० किमी कालोपत्रे गरेको छ  ।