• २४ पुस २०८२, बिहिबार

तीन दिनसम्म बस भित्रै स्वरोजगारसम्बन्धी तालिम

blog

पाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को आयोजनामा सुरु भएको तालिममा सहभागीहरु । तस्बिर :बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, पुस २३ गते ।
नवलपुरको कावासोती १६ डण्डामा बस भित्रै स्वरोजगारका लागि नविनतम डिजिटल प्रविधिसम्बन्धी तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को आयोजनामा मङ्गलबारदेखि सुरु भएको तालिम बिहीबारसम्म चल्ने छ ।

तालिममा थारु, माझी, मुसहर, बोटे लगायत समुदायका २० जना सहभागि रहेको कम्प्युटर इन्जिनियर एवम् प्रशिक्षक खेमराज पोख्रेलले जानकारी दिनुभयो । सूचना प्रविधिको प्रयोग गरेर आय आर्जन कसरी गर्न सकिन्छ भनेर युवाहरुलाई सिकाइने उहाँले बताउनुभयो ।   

सहभागिहरुलाई नाष्टका आर्टिफिसियल इन्टलीजेन्स (एआइ), डिजिटल मार्केटिङ तथा डाटा एनालाइसिस्का विज्ञहरुले तालिम दिने छन् । प्रविधिको पहुच कम भएका समुदायका युवाहरुलाई सूचना प्रविधिको प्रयोग गरी आर्यआर्जन गर्न तालिम फलदायी हुने नाष्टका बैज्ञानिक एवम् प्रशिक्षक प्रदीप ठकालरीले बताउनुभयो । डिजिटल खाडल कम गर्ने र सूचना प्रविधि शिक्ष बढाउने उद्देश्यले थारु संग्राहलयको आग्रहमा यो तालिम आयोजना गरिएको उहाँको भनाइ छ ।

तालिममा सामाजिक सञ्जाल फेसबुक मोनिटाइजेशन गर्न, बुस्ट गर्न, फेसबुक रिल र युट्यबका सामागी राम्रा र गुणस्तरीय बनाई आयआर्जनमा जोड्ने उपाय सिकाइने पोख्रेलले बताउनुभयो । त्यस्तै बजारमा आएका नयाँ नयाँ सामानलाई प्रचारमुखी बनाउन, साइबर सुरक्षा र बैंकिङ सुरक्षा कसरी गर्ने लगायत विषयमा पनि तालिममा सिकाइने छ ।

प्रशिक्षक एवम् नाष्टका वैज्ञानिक ठकारीले सन २०२२ देखि हालसम्म सातै प्रदेशका १४ हजारभन्दा बढीलाई यस्तो तालिम दिएको बताउनुभयो । खासगरी सरकारी विद्यालयका विज्ञान शिक्षक, प्रहरी र पछाडि पारिएको समुदायका युवालाई तालिम लक्षित गरिएको उहाँको भनाइ छ ।

बैज्ञानिक ठकारीका अनुसार अत्याधिक सुविधा सम्पन्न यो गाडी कोरिया सरकारले सहयोग स्वरुप उपलब्ध गराएको हो । यसमा गाडी भित्रै वाइफाइ, साउण्ड सिस्टम, कम्प्युटर, ल्यापटप, प्रोजेक्टर, जेनेरेटर लगायत सम्पूर्ण सुविधा रहेको उहाँले जानकारी दिनुभयो ।  तालिमा सहभागी प्रशिक्षकको पारिश्रमिक नेपाल सरकारले नै व्यहोर्नेछ भने उहाँहरुको आवासीय खर्च थारु संग्राहलयले व्यहोर्नेछ ।