• २४ पुस २०८२, बिहिबार

केकी र सुलक्षणले घोषणा गरे ‘पेट्रोल पम्प’

blog

काठमाडौँ, पुस २३ गते । अभिनेतृ केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले नयाँ चलचित्र ‘पेट्रोल पम्प’ निर्माणको घोषणा गरेको हो । चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनको समयमा हामीले समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ,” केकीले भन्नुभयो, “त्यो समय अहिले पेट्रोल पम्ममार्फत आएको छ ।”

चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गर्नुहुने छ । चलचित्रमा कथा पनि निर्देशक सुलक्षणकै नै रहने छ । चलचित्रको निर्माता भने केकी अधिकारी हुनुहुने छ । सोसल ड्रामा चलचित्र  विसं २०८३ मा प्रदर्शन हुने छ । चलचित्रमा को को कलाकार रहने छन् भन्ने हामी केही समयमा विस्तृत जानकारी दिने केकीले बताउनुभयो । प्राविधिक पनि को को हुनुहुने छ हामी बिस्तारै जानकारी दिँदै जाने छौँ,” केकीले भन्नुभयो ।