शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङको इन्चार्जको जिम्मेवारी पुनः तिलकुमार मेन्याङ्बोले पाउनुभएको छ । एमाले केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश तथा जिल्ला इन्चार्जहरु तोकेको र ताप्लेजुङ इन्चार्जको जिम्मेवारी मेन्याङ्बोले पाउनुभएको हो ।
एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित मेन्याङ्बो महाधिवेशन अघि पनि ताप्लेजुङकै इन्चार्ज रहनुभएको थियो । उहाँ ११ औं महाधिवेशनअघि पार्टीको पोलिट व्युरो सदस्य हुनुहुन्थ्यो । मेन्याङ्बो कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्रीसमेत हुनुहुन्छ ।