काठमाडौँ, पुस २३ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ९७ पैसा र बिक्रीदर १४४ रुपियाँ ५७ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ५७ पैसा र बिक्रीदर १६९ रुपियाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपियाँ ७० पैसा र बिक्रीदर १९५ रुपियाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ ५४ पैसा र बिक्रीदर १८२ रुपियाँ ३० पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ६८ पैसा र बिक्रीदर ९७ रुपियाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ५५ पैसा र बिक्रीदर १०४ रुपियाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपियाँ ४८ पैसा र बिक्रीदर ११२ रुपियाँ ९५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ६१ पैसा र बिक्रीदर २० रुपियाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ३९ पैसा र बिक्रीदर ३८ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३९ पैसा र बिक्रीदर ३९ रुपियाँ ५५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २० पैसा र बिक्रीदर ३९ रुपियाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ५७ पैसा र बिक्रीदर ३५ रुपियाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९४ पैसा र बिक्रीदर ९ रुपियाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६६ पैसा र बिक्रीदर १५ रुपियाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ५६ पैसा र बिक्रीदर २२ रुपियाँ ६५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४९ पैसा र बिक्रीदर १८ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपियाँ ४३ पैसा र बिक्रीदर ४७० रुपियाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपियाँ ९३ पैसा र बिक्रीदर ३८३ रुपियाँ ५२ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपियाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपियाँ ५२ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस