• २४ पुस २०८२, बिहिबार

नागरिकका कुनै पनि गुनासो नआउने गरी काम गर्नुहोस् : स्वास्थ्यमन्त्री डा. गौतम

blog

कान्ति बाल अस्पतालको ६४औँ वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतम ।

काठमाडौँ, पुस २२ गते ।स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले कान्ति बाल अस्पताललाई नागरिकका कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ । 

 मन्त्री डा.गौतमले कान्ति बाल अस्पतालको ६४औँ वार्षिकोत्सव कार्यक्रममा अस्पताललाई अस्पताल भित्रका समस्याहरूलाई आन्तरिक रूपमै समाधान गर्न र नागरिकका कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभएको हो ।  

उहाँले भन्नुभयो, “अस्पताल भित्रका समस्याहरूलाई आन्तरिक रूपमै समाधान गर्नुहोस् र नागरिकका कुनै पनि गुनासो नआउने गरी काम गर्नुहोस् ।”

मन्त्री डा.गौतमले वर्तमान अवस्थामा नयाँ आयोजनाहरू तत्काल अगाडि बढाउन नसकिने जानकारी गराउनुभयो । यदि अस्पताल सञ्चालनमा कुनै पनि समस्या उत्पन्न भएमा जुनसुकै समयमा मन्त्रालयमा आएर छलफल गर्न सकिने र थोरै बजेटबाट समाधान हुने प्रकृतिका समस्याहरूमा मन्त्रालयले पूर्ण सहयोग गर्ने मन्त्री डा.गौतमले प्रतिबद्धता जनाउनुभयो।

यसैगरी,मन्त्रीज्यूले कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य संस्थानको रूपमा विकास गर्ने विषयमा मन्त्रालय सधैँ सकारात्मक रहेको बताउनुभयो। अस्पताललाई नौ सय  बेडको अत्याधुनिक स्वास्थ्य संस्थाको रूपमा विस्तार गर्न आवश्यक पर्ने नीतिगत निर्णयका लागि मन्त्रालय सकारात्मक रहेको उहाँको भनाइ छ ।