• २४ पुस २०८२, बिहिबार

कांग्रेस पार्टी कार्यालय क्षेत्रमा नेता निधीमाथि दुर्व्यवहार

blog

काठमाडौँ, पुस २२ गते । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यलयमा पूर्वउपसभापति विमलेन्द्र निधीमाथि दुर्व्यवहार गरेका छन् । यो समूहले यो घटनालाई  कार्यकर्ताको अन्तरआत्मको भावना भएको बताएको छ । 

विशेष महाधिवेशन पक्षधरले मंगलबार पत्रकार सम्मेलन गरी उक्त घटनाको जिम्मेवारी आफूहरुले नलिने बताएको हो । विशेष महाधिवेशन पक्षधरहरुले कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन जानुभएका नेता निधिलाई बाटो छेकेरे दुर्व्यवहार गरेका थिए । तर उक्त घटनामा आफूहरुको संलग्नता नरहेको विशेष महाधिवशेन पक्षधरका नेताहरुको दाबी छ । 

पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले उक्त घटना स्वतः स्फुर्त भएको बताउनुभयो । आफूहरुले त्यस्तो गतिविधि नगर्ने पनि दाबी गर्नुभयो । 

उहाँले विशेष महाधिवेशनको लागि आफूहरुले तयारी थालेको पनि जानकारी दिनुभयो । विशेष महाधिवेशनको लागि विभिन्न १८ वटा समिति बनाएको उहाँले बताउनु भयो । उहाँले विशेष महाधिवेशनमा भाग लिनको लागि काठमाडौ आउन महाधिवेशन प्रतिनिधिलाई आग्रह पनि गर्नुभयो ।