• २४ पुस २०८२, बिहिबार

एमाले सोलुखुम्बुबाट पाँच जना सिफारिस

blog

सन्तोष राउत

सोलुखुम्बु, पुस २२ गते । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) सोलुखुम्बुले प्रत्यक्षतर्फ पूर्व मन्त्रीसहित पाँच जनाको नाम सिफारिस गरेको छ । 

एमाले जिल्ला कमिटिको बैठकले प्रत्यक्षतर्फ केन्द्रिय सदस्य तथा पूर्व रक्षामन्त्री मानवीर राई, जिल्ला अध्यक्ष डुफकुमार बाँस्तोला, जिल्ला सचिव कल्पना राई, युवा नेता वीर उदास श्रेष्ठ र सूर्यकुमारी सुनुवारलाई सिफारिस गरेको हो । 

बैठकमा अधिकांश युवाहरूले नयाँ अनुहारलाई प्राथमिकता दिनु पर्ने आवाज उठाएका थिए । पार्टीबाट यसअघि सांसद भइसकेका भन्दा अवसर नपाएका नयाँलाई पार्टीले उम्मेदवार बनाउनु पर्नेमा जोड दिइएको छ ।