• २४ पुस २०८२, बिहिबार

इलाममा दुई लाख ३१ हजार मतदाता

blog

जिल्ला निर्वाचन कार्यालय इलाम । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, पुस २२ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा दुई लाख ३१ हजार ८०९ जना मतदाता सङ्ख्या कायम भएको छ । 

निर्वाचनका लागि एक लाख १२ हजार १५८ महिला, एक लाख १९ हजार ६४८ पुुरुष र अन्य तीनको मतदाता नामावली कायम भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । आगामी निर्वाचनका लागि जिल्लामा १५० मतदान स्थल र २९० मतदान स्थल रहेको छ । 

गत निर्वाचनमा भन्दा आउँदो निर्वाचनका लागि पाँच वटा मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयका सुूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिनुु भयो । लिम्बूका अनुुसार यसपटक सूूर्योदय नगरपालिका–१२, करफोक माध्यमिक विद्यालयमा एक, इलाम नगरपालिका–८ को विद्या सिर्जनात्मक माविमा एक, चुुलाचुुली–२ को जनता माविमा एक, देउमाईको डम्बरदेवी माविमा एक र माईजोगमाई–५ को सिरिसे माविमा एक गरी पाँच वटा मतदान केन्द्र थप भएको छ । 

‘अहिले अस्थायी मतदाताको नामवली सङ्कलन र निर्वाचनका लागि आवश्यक कर्मचारी विवरण कार्यालयसँग माग गरिएको छ’ लिम्बूले भन्नुुभयो, ‘अस्थायी मतदाताका रूपमा रहने कैदी बन्दी, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन हुुने छ ।’