• २१ पुस २०८२, सोमबार

मकवानपुरमा सुमो दुर्घटना : नौ जना घाइते

blog

तस्विरः मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा दुर्घटना भएको सुमो ।

राममणि दाहाल

मकवानपुर, पुस २० गते । भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा भएको सुमो दुर्घटनामा नौ जना घाइते भएका छन् । 

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आइतबार साँझ काठमाडौँबाट हेटौँडातर्फ आउदै गरेको ना १ ज १७७८ नं. को सुमो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले सुमो गाडी सडकबाट करिब एक सय मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको जानकारी दिनुभयो । 

सुमो दुर्घटनामा घाइतेभएकामध्ये सात जना गम्भीर र दुई जनाको मध्यम अवस्था रहेको छ । 

दुर्घटनामा परी छ जना पुरुष, महिला, बालक र बालिका एक–एक जना घाइते भएको प्रहरीको भनाइ छ ।