• १५ पुस २०८२, मङ्गलबार

एसियाली क्यानोइङ च्याम्पियनसिपमा पदक विजेतालाई बधाई

blog

पदक विजेता खेलाडीसहित मन्त्री खेलकुदमन्त्री बब्लु गुप्ता ।

काठमाडौँ, पुस १५ गते । चीनको नुजियाङमा हालै सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बधाई दिनु भएको छ । 

लैनचौरस्थित टेबुलटेनिस हलमा मङ्गलबार पदक विजेता कृष्ण खड्का र रञ्जन कँडेललाई मन्त्री गुप्ताले बधाई दिनु भएको हो । एसियाली स्तरको प्रतियोगितामा पदक जितेर राष्ट्रको नाम उच्च पारेको भन्दै बधाई दिँदै मन्त्री गुप्ताले आगामी प्रतियोगितामा अझ उत्कृष्ट नतिजा ल्याउन शुभकामना प्रदान गर्नुभयो । 

कार्यक्रममा नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ सङ्घका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, सङ्घका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद जोशी र कोषाध्यक्ष महेश थापाको उपस्थिति रहेको थियो ।

नुजियाङ एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपमा नेपालले दुई पदक जितेको थियो । कृष्णले छोटो दूरी (सर्ट डिस्टेन्स) स्पर्धामा स्वर्ण र रञ्जनले सोही स्पर्धामा कांस्य पदक जित्नुु भएको थियो ।