• १५ पुस २०८२, मङ्गलबार

अनुदानमा कृषि औजार वितरण

blog

चितवन, पुस १५ गते । भरतपुर महानगरपालिकाभित्र रहेका ५६ कृषक समूह र सहकारीलाई कृषि कार्यमा प्रयोग हुने औजार अनुदानमा वितरण गरिएको छ । महानगरपालिकाको ५० प्रतिशत अनुदानमा ती संस्थालाई ७७ वटा उपकरण प्रदान गरिएको हो ।

नगर प्रमुख रेनु दाहालका अनुसार कर्न सेलर २८ थान, मकै रोप्ने मेसिन १३ थान, चापकटर १३ थान, रिपर आ थान, मिनि टेलर सात थान हस्तान्तरण गरिएको छ ।

यस्तै थेसर दुई थान, आठर (गहुँ, तोरीमा प्रयोग हुने) रोटाभेटर, कुटानी मिल, पावर टेलर, डिजिटल काटा हाइरो एक, एक थान प्रदान गरिएको छ । महानगरले १२ प्रकारका उपकरणमा २० लाख ६६ हजार अनुदान प्रदान गरेको हो । रासस