काठमाडौं, पुस १५ गते । नेकपा (एमाले) कि केन्द्रीय सदस्य एवम् काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पुस्तान्तरणबारे युवा जमातलाई गहिरो अध्ययन गर्न सुझाव दिनु भएको छ । मदन-आश्रित स्मृति प्रतीस्ठानद्वारा मंगलबार यहाँ आयोजित विचार गोष्ठीमा उहाँले सो सुझाव दिनुभएकाे हाे ।
पुस्तान्तरण भनेको पुरानोलाई हटाएर नयाँलाई ल्याउनु मात्र नभएको बताउँदै उहाँले पुस्तान्तरण हुन ज्ञान, विचार, संस्कृतिको पुस्तान्तरण हुनु पर्ने बताउनुभयो । अरु दलले पुस्तान्तरणको गफ धेरै दिने गरेपनि एमालेले काम गरेर व्यवहारमा देखाएको उहाँले बताउनुभयो । एमालेको ११ औं महाधिवेसनबाट युवा क्लस्टर छुट्याएर एमालेले व्यवहारमा पुष्टि गरिसकेको उहाँले बताउनुभयो । आफू पनि त्यही क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको उहाँले बताउनुभयो ।
बुवाले छोरालाई अंश दिएजस्तो पुस्तान्तरण हुन नसक्ने उहाँले बताउनुभयो । नेता बन्न अध्ययन, लगनशील, सिदान्तको ज्ञान र समर्पणको खाँचो रहेको डंगोलले चर्चा गर्नुभयो ।