शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस १५ गते। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताउनु भएको छ।
मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार यहाँ आयोजना गरेको विचार गोष्ठीमा उहाँले सो कुरा बताउनु हुँदै देशको लोकतन्त्र समेत धरापमा परेको बताउनुभयो।
जेनजी पुस्ताको गत भदौ २३ र २४ भएको आन्दोलनपछि मुलुकको स्वाभिमान कमजोर भएकाले बाह्य शक्तिको चलखेल बढेको बताउनु भयो।
आन्दोलनले थला परेका राजनीतिक दल छोटो समयमै तङ्ग्रिन सफल भएको बताउनुभयो। मुलुकमा भ्रमको तुवाँलो लगाउने काम भएको बताउँदै उहाँले जनताको बलमा त्यो चाँडो फाट्ने उहाँको भनाइ छ।
आगामी फागुन २१ मा घोषित निर्वाचनमा सुरक्षाकर्मीको मनोबल बलियो बनाउन नसके भयरहित वातावरणमा निर्वाचन हुन नसक्ने उहाँले आशंका व्यक्त गर्नुभयो।