• १२ मंसिर २०८२, शुक्रबार

बृहत् वामपन्थी एकताको पक्षमा छौं : प्रचण्ड

blog

धनगढीमा प्रदेशस्तरीय ‘सन्देश सभा’ अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड । तस्बिरः निराजन परियार

निराजन परियार

चौमाला (कैलाली), मङ्सिर १२ गते । नेपाली कम्युनिस्ट पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरू बृहत् वामपन्थी एकताको पक्षमा रहेको बताउनुभएको छ । 

सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको एकता सन्देश सभामा प्रचण्डले १५ भन्दा बढी वाम घटक गोलबद्ध भएर नेपाली कम्युनिस्ट गठन भएको बताउनुभयो । संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले तोकिएको मितिमा निर्वाचन गर्नुपर्ने बताउनुभयो । उहाँले देशको निकासका लागि निर्वाचनको बिकल्प नरहेको चर्चा गर्नुभयो ।  

नेपाली कम्युनिस्ट पार्टीले सुरु गरेको प्रदेशस्तरीय सन्देश सभा अभियानको पहिलो कार्यक्रमलाई धनगढीमा आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । एकता सन्देश सभाले सरकारलाई पनि निर्वाचन गर्न प्रोत्साहन र दबाब दुवै सिर्जना गर्ने र त्यसको सुरुवात आफूहरुले गरेको उहाँको भनाइ छ ।