• ४ मंसिर २०८२, बिहिबार

इनास नेपालको सत्र सदस्यीय कार्यसमिति निर्वाचित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ४ गते । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित हुनुभएको छ । शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो ।

उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेतृ रेजिना उप्रेती र गायक युवराज चौलागाईं निर्वाचित भएका छन् । चलचित्र निर्माण नियन्त्रक शङ्कर पाण्डे महासचिव र राजिन पनेरू सचिव पदमा निर्वाचित भए । कोषाध्यक्षमा चलचित्र वितरक रत्न श्रेष्ठ चुनिनुभएको छ । सदस्यहरूमा खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियङ्का प्रसाई, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी निर्वाचित भएका छन् । अधिवक्ता सेमन्तमणि खेराल प्रमुख निर्वाचन आयुक्त थिए ।

इनासको ग्लोबल सञ्चार प्रतिनिधि (जिसिआर) पदमा सञ्चारकर्मी विष्णु शर्मा चयन हुनुभएको छ । उहाँले संस्थाको ग्लोबल कमिटी र राष्ट्रिय कमिटीबिच सञ्चार समन्वयको भूमिका गर्ने सो अवसरमा जनाइएको छ । इनास नेपाल शाखाका निवर्तमान अध्यक्ष एवं एसिया संयोजकसमेत रहेका गीतकार दयाराम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यव्रmमको प्रमुख आतिथ्यता इनास ग्लोबल अध्यक्ष अर्जुनप्रसाद काफ्लेले गर्नुभएको थियो ।