• ४ मंसिर २०८२, बिहिबार

फरार चार प्रतिवादी पक्राउ

blog

धीरेन्द्रप्रसाद साह
राजविराज, मङ्सिर ४ गते ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले फरार चार जना प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।

फैसला कार्यान्वयनका क्रममा खटिएको प्रहरी टोलीले विभिन्न आपराधिक मुद्दामा दोषी ठहरिएर लामो समयदेखि फरार रहेका चार जनालाई खोजतलासपछि पक्राउ गरी अदालतमा बुझाएको हो ।

पक्राउ परेकामध्ये राजविराज नपा–७ का शिवनारायण यादव ‘कुटपिट तथा अंहभंग’ मुद्दामा १६ हजार छ सय रुपियाँ जरिवाना भुक्तान गर्नुपर्ने व्यक्ति हुन् । यस्तै राजविराज–९ का सरोजकुमार यादव ‘लुटपिट’ मुद्दामा एक हजार रुपियाँ जरिवाना तोकिएको अवस्थामा फरार थिए ।

यस्तै, बिष्णुपुर गाउँपालिका–६ का महेन्द्रकुमार राय र सोही ठाउँका समिर उर्फ कारी राय दुवै ‘कुटपिट’ मुद्दामा दुई/दुई हजार रुपियाँ जरिवाना भुक्तान गर्नुपर्ने छन । चारै जनामाथि तोकिएको कुल जरिवाना २१ हजार छ सय रुपियाँ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि प्रहरी टोलीले सप्तरी जिल्ला अदालतमा बुझाइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रनाउ डम्बरबहादुर पुरीले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार फैसला कार्यान्वयनका लागि फरार व्यक्तिहरूको खोजी अभियान निरन्तर रूपमा जारी राखिएको छ ।