शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ४ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दै छ । मङ्सिर १ गतेका लागि तय भएको बैठक १५ औँ महाधिवेशनका सन्दर्भमा सहमति जुट्न नसकेपछि बिहीबारका लागि तय भएको हो । असोज २८ गतेदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकले १५ औँ महाधिवेशन र प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा निर्णय लिने छ ।
यसैबिच कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताले केन्द्रीय कार्यसमिति बैठकबाटै विशेष महाधिवेशनको मिति र स्थान तोक्न आग्रह गर्नुभएको छ । बुधबार पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधर नेताहरू देवराज चालिसे, गुरुराज घिमिरेलगायतले झन्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको सम्मान गर्न र विशेष महाधिवेशनको मिति तय गर्न माग गर्नुभएको हो ।