• २ मंसिर २०८२, मङ्गलबार

भारतबाट भन्सार छलेर ल्याइएको पाँच लाख बढीको मटर बरामद

blog

प्रहरीद्वारा बरामद गरिएको पाँच लाख बढीको अवैध मटर । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर २ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले जेनजी आन्दोलनपछि नेपाल भारत सिमानाबाट हुने गरेको अवैध आयात र चोरी पैठारी रोक्न कडाइ गरेको छ । जिल्लाको खजुराबाट प्रहरीले अवैध रूपले तस्करी गरेर ल्याइएको पाँच लाख भन्दा बढी मूल्यको ४८ क्विन्टल बढी मटर (केराउ) बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भन्सार छली गरेर ल्याइँदै गरेको ५ लाख ७ हजार ७३० रुपियाँ बराबरको ४८ क्विन्टल २९ किलो मटर खजुरा गाउँपालिका–२, गुराँसपुरबाट प्रहरीले बरामद गरेको हो । 

उक्त मटर जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएपछि आवश्यक अनुसन्धान पछि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ । यसअघि मङ्सिर १ गते भारतबाट राजस्व छलेर ल्याइएको एक लाख ३८ हजार १७० रुपियाँको सुपर पावर सूर्ती, डिउ पेय पदार्थ, जुत्ता र तरकारी पनि प्रहरीले बरामद गरेको थियो ।