काठमाडौँ, मङ्सिर २ गते । ट्रेबल फेसन कन्सर्नको आयोजनामा सम्पन्न भएको लिटिल आईडल नेपाल-२०२५ ग्राण्ड फिनालेमा गायक नारायण थापाले आफ्नो विशेष प्रस्तुति मार्फत उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका छन। उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको कार्यक्रममा बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंको प्रमुख आतिथ्यता एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको आतिथ्यतामा सम्पन्न भएको थियो। लाईफ ओके टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको ग्राण्ड फिनालेमा रेबिका शर्मा र निर्भाण श्रेष्ठ विजेता बनेका छन।
गीत रेकर्डिंग स्टेज लगायतमा व्यस्त गायक थापाले आफ्ना विभिन्न चर्चित गीतहरुमार्फत दर्शकहरुलाई झुमाउन सफल भएका थिए।पछिल्लो समय मेला महोत्सवको पर्याय जस्तै बनेका थापाको १ दर्जन भन्दा बढि गीतहरु रेकर्डिंगको क्रममा रहेका छन भने आधा दर्जन गीतहरु बजारमा आउने क्रममा रहेका छन।