शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
टोपलाल अर्याल
रेसुंगा(गुल्मी), मङ्सिर १ गते । गुल्मीको मुसिकोट नगरपालिका–२ का ४९ वर्षीय मिनबहादुर विकको जिपको छतमा राखेको जस्ता खसेर चोट लाग्दा मृत्यु भएको छ ।
तम्घासबाट मुसिकोटको निस्ती ठाँटी जाँदै गरेको ग ३ च ४२६० नम्बरको जिपको पछाडी सवार विकलाई छतको जस्ता खसेर चोट लागेको थियो ।
गम्भीर घाइते विकलाई गुल्मी अस्पताल तम्घासले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो । गाडी चालक प्रताप रायमाझी प्रहरी नियन्त्रणमा रहेको सारुले बताउनुभयो ।