शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
तुलसीपुर (दाङ), कात्तिक ३० गते । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेशसभाको सातौँ अधिवेशन ८ मङ्सिर सोमबार आह्वान गरिएको छ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोही दिन दिउँसो १ बजेदेखि अधिवेशनको आह्वान गरेको सचिव पुनले जानकारी दिनुभयो । नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम बैठक आह्वान गरिएको हो । रासस