शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक २७ गते। एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत बिहीबार भएको खेलमा चित्लाङ फुटबल क्लबले जनजागृति युवा क्लबलाई २-० ले हराएको छ। चित्लाङका लागि पहिलो हाफमा विज्ञान खड्का तथा दोस्रो हाफमा मदन स्याङतानले गोल गर्नुभयो।
अर्को खेलमा लालीगुराँस एसोसिएसन र देउराली क्लब बिच गोल रहित बराबरी भएको छ।
२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ । लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपियाँ पुरस्कार पाउने छ। उपविजेताले पाँच लाख पुरस्कार पाउने छ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन्। सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन्।