• २७ कात्तिक २०८२, बिहिबार

नेपाल आज बङ्गलादेशसँग भिड्दै

blog

नेपाल र बङ्गलादेशको बराबरी गोरखापत्र फाइल तस्बिर ।

काठमाडौँ, कात्तिक २७ गते । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

ढाकास्थित नेशनल स्टेडियममा ७:४५ बजे सुरु हुने खेलमा नेपाल घरेलु टोली बङ्गलादेशमाथि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छ ।

नेपालले एएफसी एसियन कप छनोट खेलको तयारीका लागि बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

नेपालले मलेसियासँग नोभेम्बर १८ तारिख छनोट खेल खेल्नेछ । नेपाल र बङ्गलादेशबिच दुई महिनाको अन्तरमा दोस्रो पटक मैत्रीपूर्ण खेल हुन लागेको हो ।

यसअघि गत भदौको अन्तिम साता दशरथ रङ्गशालामा खेलिएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेल भने जेनजी आन्दोलनका कारण हुन सकेको थिएन । 

टोलीका अन्तरिम प्रशिक्षक हरी खड्काले यसअघि नै बङ्गलादेश र मलेसियाविरुद्धको खेलका लागि किरण चेम्जोङको कप्तानीमा खेलाडी टोलीको घोषणा गरिसक्नुभएको छ ।  

टोलीमा अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दीपेश गुरुङ, जिलेस्पीजङ्ग कार्की, कुशल देउवा, लकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ हुनुहुन्छ ।