• २७ कात्तिक २०८२, बिहिबार

जबरजस्ती करणी मुद्दामा फरार न्यौपाने पक्राउ

blog

पक्राउ परेका रामकृष्ण न्यौपाने ।

चित्रकुमार मिजार
सिन्धुपाल्चोक, कात्तिक २७ गते ।
बालिकालाई जबरजस्ती करणी गरी कर्तव्य गरेको मुद्दामा १५ वर्ष कैद भुक्तान गर्न बाँकी त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका ३५ वर्षका रामकृष्ण न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।

न्यौपाने भदौ २४ गतेको जेनजी प्रदर्शनमा जगन्नाथदेवल काठमाडौँबाट भागेर घर आएर बसेका थिए । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नेतृत्वको टोलीले न्यौपानेलाई उनको गृह गाउँबाटै पक्राउ गरेको थियो । बाँकी कैद भुक्तान गर्नका लागि न्यौपानेलाई कात्तिक २५ गते नै जिल्ला कारागार पठाइएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।