जीवछ यादव
लहान, कातिक २३ गते । क्यान्सर केयर सेन्टर लहानले धनगडीमाइ नगरपालिकाका स्थानीय महिलाहरुलाई सचेत बनाउन एक दिवसीय कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम ग्रामीण महिला केन्द्रको आयोजनामा भएको थियो ।
महिलाहरुमा प्रायः लाग्ने स्तन क्यान्सरबारे सचेत भए यस रोग लाग्दै लाग्दैन । स्तन क्यान्सर लोगको सुरुवातीमा चिकित्सकको सम्पर्कमा गए पूरा निको हुनेसम्बन्धी चिकित्सक गीता यादवले पाँच दर्जन महिलाहरुलाई शनिबार सचेत गराउनुभयो ।
सुरुको लक्षणहरु थाहा नपाई क्यान्सर तेस्रो र चौथो चरणमा प्रवेश गरिसकेको क्यान्सर रोग निको पार्न नसकिने अवस्था हुन्छ । सुरुमा चिकित्सकको सम्पर्कमा गएको खण्डमा निको हुने शतप्रतिशत संभावना रहने गरेको प्रशिक्षिक चिकित्सक यादवले प्रष्ट्याउनुभयो ।
‘‘बच्चा उत्पादन नगर्ने, बच्च जन्माएका आमाहरुले बच्चालाई स्तनपान गराएर दुध नखुवाई बजारको दुध प्रयोग गर्ने,आमालाई क्यान्सर रोग भएकाहरुले नियमित जाँच नगराउने, हर्मोनको अनावश्यक उत्पादन खानपान लगायतका कारण हुने स्तन क्यान्सरबाट जोगिन महिलोले महिनामा एक दिन भए पनि स्नान कोठामा गएर आफ्नो स्तनमा गिर्खा परेको पिप आइरहेको वा रगत देखिएको दुखिरहेको जस्ता कुनै समस्या देखिएको खण्डमा सुरुमा नै चिकित्सकको सम्पर्कमा गएर जाँच गराउने कार्य गराएमा पूर्ण रुपमा निको हन गर्दछ,’’ उहाँले चिकित्सक यादवले सचेतना गर्नुभयो ।
ग्रामीण भेगका महिलाहरुमा देखिएको स्तन क्यान्सर र पाठे घरको क्यान्सर रोगबाट जोगाउन सचेतनाका लागि मधेश प्रदेशको कामना विकास बैंकको आर्थिक सहयोग र क्यान्सर केयर सेन्टर लहानको चिकित्सक सहयोगमा धनगडीमाइ नगरपालिकाका ग्रामीण भेगका महिलाहरुलाई एक दिवसीय कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस आवद्ध महिला संघका केन्द्रीय अध्यक्ष उषा राउतले बताउनुभयो ।
क्यान्सर रोगसम्बन्धी कार्यक्रमबाट महिलाहरु सचेत भएकोमा खुसी साट्दै शिविर सञ्चालनका लागि पहल गरि दिन धनगडीमाइ नगरपालिकाको उपप्रमुख संगीता चौधरीसँग आग्रह गर्दै यस अघि पाठे घर क्यान्सरसम्बन्धी समेत कार्यक्रम नगरपालिकाबाट उपप्रमुख चौधरीको पहलमा भएकोमा धन्यवाद समेत दिनु भएको थियो ।