अनिल पराजुली
हेटौँडा, कात्तिक २३ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ माष्टरचोकमा बसले ठक्कर दिँदा एक जना पैदल यात्रुको मृत्यु भएको छ । शनिबार राति बसको ठक्करबाट पैदल यात्रु रुपन्देही देबदह नगरपालिका–८ बस्ने ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो ।
जनकपुरबाट काठमाडौँ तर्फ जादै गरेको बा.प्र.०३–००१ ख २६५६ नम्बरको यात्रुवाहक बसको ठक्करबाट घाइते बोहराको अचेत अवस्थामा उद्धार गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल मकवानपुर पठाइएकोमा अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत्यु घोषणा गरेको प्रवक्ता बोगटीले बताउनुभयो । प्रहरीले ठक्कर दिने बस र चालक महोत्तरी रामगोपालपुर नगरपालिका–६ बस्ने ३३ वर्षीय सुजय कुमार सिंहलाई नियन्त्रणमा लिएको छ ।