• २२ कात्तिक २०८२, शनिबार

गजल

blog

साँझपख एक्लै एक्लै रमाउनेलाई के भन्नु र !

खोला तर्न सारीको फेर समाउनेलाई के भन्नु र ! 


आश्वासनको खेती लगाई बिज रोप्छन् अहङ्कारको 

भोका पेटलाई लत्याई धन कमाउनेलाई के भन्नु र !


एउटै घरमा बसेका छौँ घरै जले सबै जल्छौँ

बुझ्दाबुझ्दै अधिकार जमाउनेलाई के भन्नु र !


दूरदर्शी हुनु पर्छ सत्ता होस् या घर चलाउने 

पराईलाई घरको बागडोर थमाउनेलाई के भन्नु र !