• २२ कात्तिक २०८२, शनिबार

सप्तरीमा प्रहरीमाथि कुटपिट, दुई जना पक्राउ

blog

धीरेन्द्रप्रसाद साह
राजविराज, कात्तिक २२ गते ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रहरीमाथि कुटपिट र अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार प्रहरी जवान दिपकसाह सोनार बजार गस्ती ड्युटीबाट एक्लै वर्दिमा आफ्नो कोठा तर्फ जाँदै गर्दा राजविराज नगरपालिका वडा नं. ६ बस्ने २१ वर्षीय लालुकुमार चौधरी र २२ वर्षीय विशाल चौधरीले गालीगलौज गर्दै कुटपिट गरेको प्रहरी अधिकृत प्रहरी निरिक्षक प्रमोदकुमार साहले जानकारी दिनुभयो ।  

घटनास्थलमा संलग्न दुवै जनालाई तत्कालै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको उहाँले बताउनुभयो । दुवै जनामाथि अभद्र व्यवहारको कसुर मुद्दा दर्ता गरिएको छ भने जिल्ला प्रशासन कार्यालय सप्तरीले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ। घाइते प्रहरीको उपचार जारी रहेको उहाँले जानकारी दिनुभएको छ ।