• २२ कात्तिक २०८२, शनिबार

हलमा दुई नयाँ चलचित्र

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २१ गते । शुक्रबारदेखि नेपालका हलमा दुई नयाँ नेपाली चलचित्र ‘जारी–२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन् । उपेन्द्र सुब्बाको निर्देशित चलचित्र ‘जारी–२’ करिब दुई सय सोसहित प्रदर्शनमा आएको छ । 

‘जारी’ को सिक्वेलका रूपमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, सिर्जना निङ्लेखुलगायतको अभिनय रहेको छ । यस्तै टङ्क बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ बालगायकका रूपमा भाइरल अशोक दर्जीको जीवनकथामा बनेको हो । चलचित्रले अशोकको साङ्गीतिक सङ्घर्ष तथा सफलताको कथा प्रेरणाका रूपमा देखाएको छ । चलचित्रमा गायक अशोक दर्जीकै मुख्य भूमिका रहेको छ । 

अशोकसँगै रमा थपलिया, सरोज खनाल, नीता ढुङ्गाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, बिना राउतलगायतको पनि चलचित्रमा अभिनय देख्न सकिन्छ ।