गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २२ गते । नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको ‘चलचित्र पत्रकार’ पुस्तक शुक्रबार विमोचन भएको छ ।
चलचित्र पत्रकार सङ्घद्वारा प्रकाशित सो पुस्तकको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी), चलचित्र कलाकार सङ्घका अध्यक्ष साहित्यकार डा. नवराज लम्साल, मोहन निरौला, निर्माता सङ्घका अध्यक्ष नवल खड्का, चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, पूर्वअध्यक्षहरू शान्तिप्रिय, बिदुर गिरीलगायतले सामूहिक रूपमा विमोचन गर्नुभएको हो । बोर्डका अध्यक्ष डिसीले नेपाली चलचित्रको विकास क्रममा चलचित्र पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउँदै चलचित्र पत्रकारितामा खोजी पत्रकारिताले स्थान पाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा चलचित्र पत्रकारिताका खोजी पत्रकारिताका विषयमा बोर्डका अध्यक्ष डिसी, कलाकार सङ्घका अध्यक्ष निरौला, पत्रकारहरू शान्तिप्रिय, धु्रव लम्साल र मदन रिजाल र रघुनाथ सापकोटाबिच विचार मन्थन भएको थियो ।