काठमाडौँ, कात्तिक २२ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५६ पैसा र बिक्रीदर १४२ रुपियाँ ६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ६१ पैसा र बिक्रीदर १६४ रुपियाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ६६ पैसा र बिक्रीदर १८६ रुपियाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपियाँ ६५ पैसा र बिक्रीदर १७६ रुपियाँ ४० पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ७४ पैसा र बिक्रीदर ९२ रुपियाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ३० पैसा र बिक्रीदर १०० रुपियाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ६७ पैसा र बिक्रीदर १०९ रुपियाँ १४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २५ पैसा र बिक्रीदर नौ रुपियाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८८ पैसा र बिक्रीदर १९ रुपियाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७४ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८४ पैसा र बिक्रीदर ३९ रुपियाँ कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३८ पैसा र बिक्रीदर चार रुपियाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५४ पैसा र बिक्रीदर ३८ रुपियाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ९० पैसा र बिक्रीदर ३४ रुपियाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७० पैसा र बिक्रीदर नौ रुपियाँ ७४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८० पैसा र बिक्रीदर १४ रुपियाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९१ पैसा र बिक्रीदर २२ रुपियाँ ०१ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २० पैसा र बिक्रीदर १८ रुपियाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ २३ पैसा र बिक्रीदर ४६३ रुपियाँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७७ रुपियाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपियाँ २३ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस