• २१ कात्तिक २०८२, शुक्रबार

घोराही उपमहानगरपालिकामा आज शोक बिदा

blog

सन्तोष दहित
दाङ, कात्तिक २१ गते ।
  घोराही उपमहानगरपालिकाले आफ्ना सवारी चालक शालबहादुर बिकको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार २०८२ साल कात्तिक २० गते राति बिकको असामयिक निधन भएपछि आज उपमहानगरपालिकाका सम्पूर्ण कार्यालयमा शोक बिदा दिइने उल्लेख गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जारी एक सूचनामा घोराही उपमहानगरपालिकामा शोक बिदा दिएको जानकारी दिनुभयो ।