• १६ कात्तिक २०८२, आइतबार

आकर्षक ‘अर्जुन डाँडा’

blog

आइतबार बिहान रेसुङ्गा क्षेत्रको गर्जुराबाट देखिएको अर्जुन डाँडाको दृश्य । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, कात्तिक १६ गते ।
गुल्मीको सदरमुकाम तम्घासको दक्षिणतर्फ अवस्थित धार्मिक तथा ऐतिहासिक महत्त्वले भरिपूर्ण स्थान हो, अर्जुन डाँडा । आइतबार बिहान रेसुङ्गा क्षेत्रको गर्जुराबाट देखिएको यो दृश्य, अर्जुन डाँडाको हो ।

प्रचारप्रसारका कारण निकै ओझेलमा परेको करिब दुई हजार मिटर उचाइमा रहेको अर्जुन डाँडामा विसं. १४९३ भन्दा पहिले स्थानीय राजाको दरबार रहेको बताइन्छ ।


पाँच पाण्डवमध्येका अर्जुनको आगमनले यस लेकको नाम अर्जुन डाँडा राखिएको बताइन्छ । अर्जुनले यही डाँडामा बसेर गीताको तत्त्व ज्ञान लिएको र शिवजीले ध्यान गर्ने गरेको पाइन्छ ।

अर्जुन डाँडामा ऐतिहासिक मन्दिर, झण्डै एक सय मिटर लम्बाईको गुफा पनि छ । यहाँबाट गुल्मी, अर्घाखाँची, प्यूठान, बागलङ, स्याङजा, पाल्पालगायतका छिमेकी जिल्लाहरु देख्न सकिन्छ ।