• १५ कात्तिक २०८२, शनिबार

सेती नदीमा भक्तजनको भीड

blog

हरिबोधनी एकादशीमा पोखराको सेती नदीको तुलसीघाटमा आएका भक्तभजन । तस्बिर : रमेश पौडेल

रमेश पौडेल 

पोखरा, कात्तिक १५ गते । हरिबोधनी एकादशीको उपलक्ष्यमा पोखराको सेती नदीमा भक्तजनहरुको घुइँचो लागेको छ । 

हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्मका चार महिनामा विष्णुका भक्तहरुले तुलसीको पूजाआराधना गरी चौमासको व्रत बसेर आजको ठुलो एकादशीमा फूल तार्ने परम्परा रहेको छ भने घरघरमा तुलसीको विवाहसमेत गर्ने प्रचलन रहेको छ ।  

पोखराको तुलसीघाट, राघाट, गाईघाट, ढुङ्गे साँघुलगायतका घाटमा विभिन्न स्थानबाट फूलको डोली लिएर आएका भक्तजनहरुले तोरण तारेका छन् ।