धीरेन्द्रप्रसाद साह
राजविराज, कात्तिक १४ गते । बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सो मुद्दामा राजविराज नगरपालिका–१४ निवासी ५६ वर्षीय रामकुमार मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार मण्डललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले पक्राउ गरेको हो । उहाँमाथि बैंकिङ्ग कसुरसम्बन्धी मुद्दा दर्ता भई अदालतले पक्राउ आदेश जारी गरेको थियो । लामो समयदेखि फरार रहेका मण्डललाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङ पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार, फरार अभियुक्तहरूको खोजतलासलाई प्रहरीले थप सक्रिय बनाएको छ ।
 “फरार प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी निरन्तर सक्रिय छ,” उहाँले भन्नुभयो, “मण्डललाई पक्राउ गरी सम्बन्धित निकायमा पठाइएको छ ।”
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                