शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा), कात्तिक १३ गते । धनकुटाको पाख्रीबास नगरपालिकाले चक्रवात (मोन्था) को प्रभावले केही दिन भारी वर्षा हुने सम्भावना देखिएकाले जोखिम मध्यनजर गरेर विद्यालय बन्द गर्न अनुरोध गरेको छ । बिहीवार नगर प्रमुख ज्ञानबहादुर गुरुङले एक सूचना जारी गर्दै मंगलबारसम्म विद्यालय बन्द गर्न अनुरोध गर्नुभएको हो ।
नगर प्रमुख गुरुङले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार हिउँदे र स्थानीय बिदा कट्टा हुनेगरि विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात (मोन्था) को प्रभाव छ । जसको प्रभाव शनिबारसम्म रहने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।