शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक १० गते । बङ्गलादेशमा जारी काभा नेसन्स कप भलिबलमा नेपालले चौथो हार खेपेको छ ।
ढाकास्थित इन्डोर हालमा सोमबार भएको खेलमा नेपाल श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भयो । श्रीलङ्काले नेपालमाथि २५–१८, २५–१७, २५–२० को जित निकालेको हो । यसअघि आइतबार नेपाल अफगानिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
त्यसअघि नेपाल तुर्कमेनिस्तानसँग ३–० र बङ्गलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो । नेपालले माल्दिभ्सलाई भने ३–० को सेटमा हराएको थियो । प्रतियोगितामा नेपालसहित ६ टोलीको सहभागिता रहको छ । शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुने छ ।