• ९ साउन २०८२, शुक्रबार

सञ्चारमन्त्री गुरुङ आज चीन जानुहुँदै

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन ८ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ बिहीबार चीन जाँदै हुनुहुन्छ । चीनमा आयोजना हुने ‘वल्र्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन चीन जान लाग्नुभएको हो ।

विश्वका दुई सय मुलुकका मन्त्री यस सम्मेलनमा सहभागी हुने छन् । कार्यक्रम साउन १० देखि १२ गतेसम्म हुने छ । सम्मेलनमा भाग लिई साउन १४ गते मन्त्री गुरुङ स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रीका सूचना प्रविधि सल्लाहकार डा. शालिग्राम पराजुलीले जानकारी दिनुभयो ।