• ९ साउन २०८२, शुक्रबार

‘लेटर अफ एक्स्चेन्ज’ मा हस्ताक्षर गर्न स्वीकृति

blog

काठमाडौँ, साउन ८ गते । सरकारले चीन सरकारबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी ‘लेटर अफ एक्स्चेन्ज’ मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यसै गरी नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले साउन २ गतेदेखि लागु हुने गरी पेस गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सिंहदरबारमा साउन ४ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सो जानकारी दिनुभएको हो । 

त्यसै गरी साउन १३ देखि १५ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने ‘प्रमोटिङ एग्रो इकोलोजिकल एप्रोच फर सस्टेनेबल ट्रान्सफर्मेसन अफ एग्री–फुड सिस्टमस् इन साउथ एसिया’ कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य गङ्गादत्त अवस्थीलाई, साउन ८ देखि १० गतेसम्म चीनको सान्दोङ प्रान्तमा आयोजना हुने ‘२०२५ इन्टरनेसनल कन्फ्रेन्स अन रिड्युसिङ फुड लस एन्ड वेस्ट’ मा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।