• ५ साउन २०८२, सोमबार

सप्तकोशी नदीमा बालक बेपत्ता

blog

इनरुवा (सुनसरी),  साउन ५ गते ।  सुनसरीको वराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना बेपत्ता भएका छन् । 

भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । 

तीन जना सँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएको र दीपेश बेपत्ता भएको उहाँले बताउनुभयो । बेपत्ता दिीशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको उहाँले जानकारी दिनुभयो । रासस