• ३० जेठ २०८२, शुक्रबार

पत्रकार चुडाललाई पित्तृशोक

blog

स्वर्गीय कृष्णप्रसाद चुडाल

काठमाडौं, जेठ २९ गते । अग्रज पत्रकार देवेन्द्र चुडाललाई पितृ शोक परेको छ । उहाँका पिता कृष्णप्रसाद चुडालको ९९ वर्षको उमेरमा आफ्नै निवास इटहरीमा बिहीबार निधन भएको छ । 

कृष्णप्रसाद २०१५ सालदेखि नेपाली काँग्रेसको सक्रिय  कार्यकर्ता  रहँदै आउनु भएको थियो । स्वर्गीय कृष्णप्रसादको पार्थिव शरीरलाई इटहरीको बुढीगंगामा बिहीबार नै दाहसंस्कार गरिएको छ । उहाँका चार छोरा र तीन छोरी हुनुहुन्छ । 

चार दशकदेखि पत्रकारितामा संलग्न अग्रज पत्रकार देवेन्द्र चुडाल अभियान साप्ताहिकको सम्पादक हुनुहुन्छ ।