• ३० जेठ २०८२, शुक्रबार

पत्रकारलाई एआई प्रयोग सम्बन्धी तालिम

blog

फिदिममा आयोजित पत्रकारितामा एआई प्रयोग विषयक तालिममा सहभागी पत्रकार। तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम, जेठ २९ गते। पाँचथरमा सञ्चारकर्मीका लागि एआई (कृतिम बौद्धिकता) को प्रयोग सम्बन्धी तीनदिने तालिम सुरु भएको छ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजनामा एआईको प्रयोगका विषयमा तालिम बिहीबार सुरु भएको हो।

३५ जना सहभागी तालिममा प्रशिक्षक जीवन भण्डारीले सहजीकरण गर्दै हुनुहुन्छ। तालिममा सहभागीलाई समाचार संकलन, तथ्य जाँच, फोटो, भिडियो र स्केच निर्माणका विषयमा प्रशिक्षण दिइने छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोगमा सञ्चालन भइरहेको तालिमको उद्घाटन कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य लवदेव ढुङ्गाना, शाखाका पूर्व अध्यक्ष लक्ष्मी गौतम र निर्वतमान अध्यक्ष गिरिराज बाँस्कोटाले तालिमको आवश्यकता र सान्दर्भिकताको विषयमा धारणा राख्नुभयो। 

उद्घाटन कार्यक्रम शाखा अध्यक्ष भिमकुमार बास्कोटाको अध्यक्षतामा सम्पन्न भएको हो।