नवराज नेपाली
बागलुङ (गलकोट) जेठ २९ गते । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीमा शेर बहादुर सुनार (गोरे) को झोलुङ्गे पुल मुनी, खोलाको बिच भागमा शव फेला परेको छ ।
यही जेठ २५ गते बिहान घरबाट निस्केको र सबै स्थानमा निरन्तर खोजी कार्य गर्दा २०८२ जेठ २८ गते काठेखोला गाउँपालिका ८ लेखानी कादेश जोड्ने झोलुङ्गे पुल मुनी, खोलाको बिच भागमा घोप्तो परेको क्षत विक्षेत अवस्थामा मृत शरीर भेटिएको जिल्ला प्रहरी कार्यलयले बागलुङले जनाएको छ ।
३९ वर्षका सुनार परिवारका अनुसार पहिले पनि बेला बेलामा हराउने गरेको मानसिक अवस्था पनि थिक नभएको कारणले लामो पुलबाट हाम फाल्यो कि भन्ने आसाङका भएको र खोलाको बिच भागमा डुङ्गामाथि हात, खुट्टा भाचिको अवस्थामा भेटिएको थियोे ।
शवलाई सबै जनसमुदाय, घरपरिवार ,जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चेकजाँच गरी मुचुल्का तयार गरि धौलागिरी अस्पताल बाग्लुङमा पोस्टमाट्र्मका लागि पठाइएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ ।