• ३० जेठ २०८२, शुक्रबार

चौहानको ‘गल्ती गरेँ माया लाएर’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २९ गते । गायिका एलिना चौहानको ‘गल्ती गरेँ माया लाएर’ बोलको गीत सार्वजनिक भएको छ । श्रीकृष्ण निरौलाको शब्द, सुवास कार्कीको सङ्गीत रहेको म्युजिक भिडियोको गीतलाई विशाल निरौलाले एरेन्ज गर्नुभएको छ । धोका खाइसकेपछि मान्छेको जीवनमा कति गाह्रो हुन्छ भन्ने मर्मलाई गीतमा प्रस्तुत गरिएको छ । श्रीकृष्ण निरौला यस गीतमा देखा परेका छन् जसलाई ईशा गिरी र विपना रिमालले साथ दिएका छन् । नयाँ चलचित्र सिटामोल पनि यही साउन २३ गते आउँदै छ । म्युजिक  भिडियोमा श्रीकृष्ण निरौला, ईशा गिरी र विपना रिमालको अभिनय रहेको छ । विकास प्रसाईले निर्देशन गरेको म्युजिक भिडियोमा उत्तम हुमागाईंको छायाङ्कन पुष्कर खत्रीको ब्याकग्राउन्ड सङ्गीत र कल्पेश विश्वकर्माको सम्पादन रहेको छ ।