मुस्ताङ, जेठ २८ गते । मुस्ताङको घरपझोङ गाउँपालिका– ५ सम्लेस्थित छ, ढुम्बाताल । निलगिरि हिमालको फेदमा समुद्री सतहदेखि दुई हजार ८३० मिटरको उचाइमा अवस्थित ढुम्बाताल धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्ने र उपल्लो मुस्ताङको कोरलानाकाको भ्रमणमा जाने पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
सिजनमा दैनिक तीन सयसम्म पर्यटक आउने गरेपनि जेठ, असार, साउन र भदौ महिनामा पर्यटकको सङ्ख्या न्यून हुने गरेको छ ।
बौद्ध धर्मगुरु पद्म सम्भवको पाँच रत्न प्रतिस्थापित गुम्बामा विशेष पूजापाठ हुँदा तालमा माछाको भुरा छाड्ने तथा तालको जलले पूजा गर्ने गरिन्छ ।