• ३ असार २०८२, मङ्गलबार

सत्तारुढ दल काँग्रेसको पदाधिकारी बैठक सुरु

blog

काठमाडौँ, जेठ १२ गते । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

सोमवार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो । बैठकमा पार्टीका पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ । साथै गृहमन्त्री रमेश लेखकबारे पनि छलफल केन्द्रित हुने बताइएको छ । आजको बैठकले गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउने बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ । उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग भइरहेको छ । काँग्रेसका केही नेताहरूले पनि लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । यता गृहमन्त्री लेखकले भने आफूले कहिल्यै आर्थिक अनियमितता गरेको प्रमाणित गर्न सके राजनीतिबाटै राजीनामा दिने बताउनुभएको छ ।

साथै जेठ १३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा आफूले उक्त घटनाक्रमबारे जानकारी गराउनका लागि समय लिइसकेको बताउनुभएको छ ।