• १२ वैशाख २०८२, शुक्रबार

प्रकृति र आस्था

blog

कलाले समय बोल्छ । तात्कालिक सामाजिक, आर्थिक, वातावरणीय अवस्थालाई देखाउन जान्न बुझ्न मद्दत गर्छ । विशेषगरी पुराना जीवनशैली र सामाजिक अध्ययनमा पनि कलाको निकै महत्त्व रहने गरेको छ ।  

चितवनको प्रसिद्ध धार्मिक स्थलका रूपमा परिचित छ विक्रमबाबा मन्दिर । चैतेदशैँलाई लक्षित गरी हरेक वर्ष चैत्र औँसीदेखि पूर्णिमासम्म त्यहाँ मेला लाग्छ । मनोकामना पूरा होस् भनेर त्यहाँ दर्शन गर्न आउने मानिसको भीड लाग्ने गर्छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गलका बिचमा रहेको यो क्षेत्रको सौन्दर्य र मानिसको आस्था, विश्वासलाई कलाकारले यस चित्रमा प्रस्तुत गरेका छन् । 

चित्रमा कलाकारले जङ्गलको मनमोहकतालाई विशेष प्राथमिकता दिएका छन् । यसका साथै मानिसको चहलपहल र पूजा गर्दै गरेको विषयलाई समान रूपले क्यानभासमा देखाउने प्रयास गरिएको छ । मानवीय व्यवहारले जङ्गलमा परेको असर यस चित्रमा देखाउन कलाकार सक्षम छन् । मान्छेले पूजा गर्ने अनि वनभोज आदिका नाममा वनमा आगो लगाउने, बिरुवा मास्ने जस्ता व्यवहार गर्ने कुरालाई कलाकारले चित्रमार्फत कटाक्ष गरेको देखिन्छ । 

कलाकारले चित्रमा ‘स्पेचुला’ को पनि राम्रो प्रयोग गरेका छन् । जसले चित्रलाई गतिशील र बयानयुक्त बनाएको छ । 

कलाकार : दामोदर बराल

शीर्षक : विक्रमबाबा मेला

माध्यम : क्यानभासमा एक्रेलिक

आकार : २४ इन्च X ३६ इन्च

सृजना वर्षः विसं २०८०


 केशवराज खनाल 

 –युवामञ्च