• १९ माघ २०८१, शनिबार

लेबनानको आर्थिक सुधारमा विश्व बैङ्कको प्रतिबद्धता

blog

बेरुत, माघ १९ गते । लेबनानका लागि संयुक्त राष्ट्रका मानवीय संयोजक इमरान रिजाले बिहीबार लेबनानका राष्ट्रपति जोसेफ आऊनसँगको भेटमा विश्व बैङ्क लेबनानलाई सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

रिजाले लेबनानलाई आर्थिक सहयोग गर्न संयुक्त राष्ट्र सङ्घको तत्परता व्यक्त गर्नुभयो । राष्ट्रपति जोसेफले यी प्रयासहरूलाई अगाडि बढाउन संयुक्त राष्ट्र सङ्घका संस्थाहरूसँग सहकार्य गर्न लेबनान इच्छुक रहेको बताउनुभयो ।

बैठकमा लेबनानमा हालै इजरायली आक्रमणबाट भएको क्षतिका बारेमा पनि छलफल भएको थियो । रिजाले संयुक्त राष्ट्रसङ्घले गरेको विनाशको मूल्याङ्कनका आधारमा अमेरिकी डलर २५ करोडको आपतकालीन ऋण सुरक्षित गर्न सकिने बताउनुभयो । रासस/सिन्ह्वा